सूचना नै शक्ति हो। यसर्थ, सूचनाको अधिकार नागरिकको सर्वश्रेष्ठ र पहिलो अधिकार हो। यसले प्रशासनिक सेवाको समान वितरणमा पक्षपात हुन्छ कि भनी ‘वाचडग’को काम गर्छ। संविधानमा व्यवस्था गरिएको समानताको हकको प्रचलनमा यो अधिकारलाई अचुक मानिन्छ।सूचनाको अधिकारले सार्वजनिक पदमा बसेकालाई अधिकारको दुरुपयोग गर्न दिँदैन। जसकारण यसले भ्रष्टाचार रोक्छ। साथै, बहुदलीय व्यवस्थामा सत्तामा पुग्ने दलले राष्ट्रिय ढुकुटीलाई दलीय स्वार्थमा परिचालन गर्छन् कि भनी खबरदारी पनि गर्छ।सूचनाको हकले सार्वजनिक पदमा रह