शिक्षामन्त्री सीटीईभीटी पुग्दा कर्मचारी लाइनमा !

शिक्षामन्त्री देवेन्द्र पौडेल विहीबार बिहान निरीक्षण भ्रमणका लागि भन्दै सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा पुगे । मन्त्री आउने थाहा पाएका कर्मचारीहरु कामै रोकेर कार्यालय अगाडि नमस्कार गर्दै लाइनमा उभिए । नमस्कार गर्दै लाइनमा उभिएका कर्मचारीहरु हेर्दा पञ्चायतकालको झल्को आउँथ्यो ।मन्त्रीहरु आफ्नो मातहतका निकायमा निरीक्षण गर्न जानु स्वभाविकै हो । तर, गणतन्त्र आइसक्दा पनि कर्मचारीहरुले पञ्चायतकालमा राजा–महाराजालाई जस्तै भक्ति गरेर लाइनमा उभिनुले नफेरिएको सं