प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङ छन् । उनलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालतले २०७२ वैशाख ८ गते दुई वर्ष ६ महिना कैद सजाय गरेको थियो ।य