धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

मलेखु – एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती। यही दुई नदीको सङ्गममा छ नरसिंह धाम। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन्। गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ। यशोधरा भन्नाले बुढीगण्डकी र नेत्रावती भन्नाले आँखु […]