राष्ट्रपति सीद्वारा बलियो समुदायको भावना जगाउन आग्रह

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी केन्द्रीय समितिका महासचिव सी चिन फिङले पार्टीको कामको उच्च एवं गुणस्तरीय विकासको प्रवद्र्धन गर्न चिनियाँ राष्ट्रमा समुदायको भावना बलियो बनाउन जोड दिएका छन्।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको समूह अध्ययन सत्रको अध्यक्षता गर्दै सीले शुक्रबार उक्त टिप्पणी गरेका हुन्।