गोठमा आगलागी हुँदा चार वर्षीया बालिकासहित ६ वटा चौपायाको मृत्यु

ओखलढुङ्गा : मानेभञ्ज्याङ गाउँपालिका-६ मा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ। आईतबार दिउँसो भक्तिशरी राईको गाई गोठमा आगलागी हुदाँ सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी चार वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको हो।यस्तै‚ गोठभित्र रहेको दुईवटा गाई र चारवटा खसी बाख्रा समेत जेलेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। बालिकाले गाईगोठभित्र लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द

सम्बन्धित सामग्री

गोठमा आगो लाग्दा १५ चौपायाको मृत्यु

२१ चैत, जनकपुरधाम । सर्लाहीको हरिवनमा शनिबार बिहान आगलागी हुँदा १५ वटा चौपायाको जलेर मृत्यु भएको छ । हरिवन नगरपालिका ९ बस्ने रमेश उप्रेतीको गोठमा बिहान ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीाबाट गोठमा …

यो वर्षमात्रै आगलागीका एक हजार४४९ घटना, ४५ को मृत्यु

काठमाडौं । गत वैशाखदेखि हालसम्म देशभर आगलागीक एक हजार४४९ घटना भएका छन् । जसमा ४५ जनाको मृत्यु भएको छ भने २५३ जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती घटनामा ६२१ पशु चौपायाको मृत्यु भएकोमो अन्दाजी एक अर्ब ८ करोड ८६ लाख एक हजार ३६० रुपैयाँ बराबरको नोक्सान भएको प्राधिकरणले जनाएको छ । यस्तै, गएको २४ घण्टामा देशका विभिन्न सात स्थानमा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने लाखौंको धनमाल क्षति भएको छ । बर्दिया, झापा, रोल्पा, प्युठान, महोत्तरी, मोरङ र सल्यानमा आगलागी भएको प्राधिकरणले जनाएको छ । बर्दियाको बारबर्दिया नगरपालिमा–५ धोबियामा २३ वर्षीया युवतीले खाना बनाउने क्रममा लगाएको कपडामा आगो सल्की घाइते भएकोमा भारतको लखनऊमा उपचारको क्रममा उनको मृत्यु भएको छ । यस्तै, झापाको दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविरको एक घरमा आगलागी हुँदा वर्ष ६० का १ पुरुष मृत्यु भएको छ । यता, हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मंसिर ११ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जंगल, सुकेका पातपतिंगर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर गएको स्थानीयले बताएका छन् ।