हेटौंडा : तीनवटा मन्त्रालय कटौती गरेर सरकारी खर्च घटाएको बागमती प्रदेश सरकारले १३ वटा कार्यालय खोल्ने तयारी गरेको छ।
प्रदेशमा कायम १४ वटा मन्त्रालयबाट ३ वटा मन्त्रालय कटौती गर्दै ११ वटा बनाएको प्रदेश सरकारले काटिएको मन्त्रालयअन्तर्गतका १३ वटा कार्यालय खोल्ने तयारी गरेको हो।
राज्यको ढुकुटीबाट खर्च कटौती गर्ने भन्दै प्रदेश सरकारले उद्योग तथा वाणिज्य मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाएको थियो।
तीनवटा मन्त्रालय गाभेर एउटै बनाएको प्रदेश सरकारले ...