नेप्सेमा ५५ अंकको वृद्धि, ८ अर्ब ८२ करोड बराबरको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सेयर कारोबारमापक नेप्से परिसूचक ५५.५० अंकले बढेर २ हजार ८३७.६२ बिन्दुमा पुगेको छ। नेप्सेका अनुसार आज बजारमा १० वटा कम्पनीमा सकारात्मक सर्किटसमेत लागेको छ।