बेलायतले आगामी वर्ष कम्तिमा दश करोड कोरोना भाइरस बिरुद्धको खोप बितरण गर्ने जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोर्नवालमा जी सात राष्ट्रका नेताहरु भेला भएको अबसरमा उक्त घोषणा गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भने बेलायतले आगामी साताबाट नै कोभिड बिरुद्धको खोप बितरणको सुरुवात गर्ने जनाएको छ । प्रधानमन्त्री जोन्सनले भन्नुभयो, “बेलायतमा खोप कार्यक्रम सफलतापूर्बक सम्पन्न भएकोमा हामी अब अतिरिक्त भएको खोप आवश्यकतामा रहेकालाई बितरण गर्ने अवस्थामा पुगेका छौं ।” जी सात बैठकको क्रममा आफ्ना समकक्षी नेताहरुले समेत यसप्रकारको सहयोगको घोषणा गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले आगामी वर्षभित्र विश्व नै कोभिड बिरुद्धको खोप पाइसक्ने विश्वास गरेको बताउनुभयो ।