बागलुङ : जिल्लाको बडिगाडमा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ। करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय छबिलाल बलामीको मृत्यु भएको छ।बुधबार बिहान ३ बजे बडिगाडखोलामा बिजुलीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा बलामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश शर्मा अधकारीले जानकारी दिए। प्रहरीले करेन्ट लगाएर माछा मार्न संलग्न भएका अन्य पाँच जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बडिगाड गाउँपालिका-५ का ३५ वर्षीय होम