भवनबाट लडेर पूर्वमिस अमेरिका क्रिस्टको निधन

‘मिस अमेरिका २०१९’ विजेता चेस्ली क्रिस्टको ३० वर्षको उमेरमा निधन भएको छ । न्यूयोर्क सिटीको एक ६० तले भवनबाट लडेर उनको मृत्यु भएको हो ।ब्युटी क्विन, वकिल, फेसन ब्लगर र टेलिभिजन पत्रकारसमेत रहेकी चेस्ली आइतबार बिहान ७ बजे भवनबाट लडेकी हुन् । भवनको नवौं तलामा बस्ने चेस्लीको मृत्यु आत्महत्या लक्षित रहेको प्रहरीको दाबी छ । यद्यपि चिकित्सकले हालसम्म उनको मृत्युको आधिकारिक कारण बताएका छैनन् ।चेस्लीले सन् २०१९ मा ‘मिस नर्थ क्यारोलिना यूएसए’को उपाधि जितेकी थिइन् । यसअघि उनले &lsqu