स्थानीय तह निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्ता गठबन्धन, निर्वाचन आयोग र सरकारमाथि १५ वटा प्रश्न तेर्स्यो । महासचिव शंकर पोखरेलले आईतबार विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनमा सरकारले सत्ता र शक्तिको चरम दुरुपयोग गरेको र त्यसमा स्वतन्त्र निकाय निर्वाचन आयोगले समेत समर्थन जनाएर धाँधली र षड्यन्त्र गरेको आरोप लगाए ।निर्वाचनको प्रारम्भिक नतिजामा एमाले अग्रस्थानमै छ । यद्यपि एमालेले दावी गरेका केही स्थानीय तहमा उसको प्रारम्भिक नतिजा सोचेभन्दा फरक आइरहेको छ