काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन्। बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।