वैदेशिक रोजगारीमा रहँदा जेलनेलबाट बच्न यी कुरामा ध्यान दिनुहोस्

देश छाडेर रोजगारीका लागि विदेश जाने भन्ने बित्तिकै थुप्रै कुराहरू बुझेर जानु पर्ने हुन्छ । त्यो थुप्रै कुरा बुझ्ने पहिलो माध्यम भनेको अनिवार्य लिनु पर्ने अभिमुखीकरण तालिम नै हो । अभिमुखीकरण तालिम राम्रोसँग लिने र त्यहाँ सिकाएका कुराहरू मनन गर्न पर्छ ।  यो अभिमुखीकरण तालिममा तपाईँ जाने देशको धर्म, संस्कृति, नीति नियम, भाषा, सडक नियम लगायत थुप्रै त्यहाँ रहँदा अपनाउन पर्ने सावधानीका कुराहरू सिकाइन्छ । त्यसैले पनि विदेश उड्नुभन्दा अघि यो तालिम लिएर बुझेर मात्र जान आवश्यक छ ।  अर्को महत्त्वपूर्ण कुरा भनेको तपाई...