प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छः लोसपा

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने बताएको छ। जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीले बुझाएको ज्ञापनपत्र बुझ्दै लोसपाका लक्ष्मणलाल कर्णले जबराले राजीनामा दिनुपर्ने बताएका हुन्। ‘उहाँले प्रश्न उठेपछि परम्पराअनुसार छोड्नुपर्ने हो। अब प्रधानन्यायाधीशपछि अर्को पद पाउनुहुन्न। तीन वर्ष चलाइसक्नु भयो। कोर्टमा उहाँले छोडिदिएर अघि बढ्नुपर्छ’, कर्णले भने। […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले न्यायालयको नेतृत्व गर्न प्रधानन्यायाधीश जबरा असफल भइसकेको बताए ।उनले भने, ‘नेपाली जनताले न्यायालयबाट न्याय पाइरहेका छैनन्, अदालत चल्न नसकेको अवस्था छ । अदालतको न्यायाधीश र कानून व्यवसायी आन्दोलनमा छन् । सेटिङमा देश चलेको छ । त्यसैले त्यसको जिम्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लिनुपर्छ ।’न्यायालय फ

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छः राजेन्द्र महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश नै भएकोले राजीनामा दिनुपर्ने बताएका हुन्।

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : महतो

३० कात्तिक, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश नै भएको भन्दै उनले जबराले अविलम्ब निकास दिनुपर्ने बताए । आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले भने, ‘नेपाली जनताले न्याय पाइरहेको छैन, अदालत चलिरहेको छैन । अदालतको न्यायाधीश लगायत […]