लामो समय भारतको कूटनीतिक सेवामा समय बिताएका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननले आफ्नो नयाँ पुस्तक ‘इन्डिया यान्ड एसियन जियोपोलिटिक्स : द पास्ट, प्रेजेन्ट’मा एसियामा भारतको कूटनीति कस्तो थियो, कस्तो छ र कस्तो हुनुपर्छ भनी विशद वर्णन गरेका छन् ।
चीन र इजरायल जस्ता मुलुकमा राजदूत रहेका, विदेश सचिव पनि भएका तथा राष्ट्रिय सुरक्षा परिषद् समेत हाँकेका मेननलाई भारतको रणनीतिक तथा कूटनीतिक वृत्तमा उच्च सम्मान दिइने गरेको छ । यो पुस्तक पढिसक्दा उनी त्यस सम्मानका हकदार छन् भन्ने पुष्टि हुन्छ ।
...