हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार

मनाङको तिलिचो वेश क्याम्पमा हिमपातका कारण अलपत्र परेका ७५० जनालाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ। गएरातिदेखि लगातार परेको बाक्लो हिउँपछि पर्यटक र स्थानीयवासीहरू वेश क्याम्पमा फँसेका थिए। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उद्धार गरिएका सबैलाई डिस्याङ गाउँपालिका–९ खाङसारमा ल्याइएको छ। उनले भने, “हिउँको कारण बाटो […]