काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग हुने छलफलको पूर्वतयारीबारे छलफल हुनेछ ।