चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट पारित गरेको हो। बजेटमा नेपाल सरकारबाट विनियोजित रु. पाँच अर्ब ९९ करोड २१ लाख र आयोगको आन्तरिक स्रोततर्फको रु. ५६ करोड चार लाख ९८ हजार समावेश छ।