काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले दलित समुदायले आफ्नो पहिचानसँग जोडिएको सम्मानजनक थर राख्न पाउने कानुनी अधिकार व्यवहारमा पूर्ण रूपमा सुनिश्चित हुनुपर्ने बताएका छन्। समता फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा सचेतक परियारले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूचीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे। उनले समयक्रममा सूचीकरणबाट छुटेका […]