अमेरिकामा गैर-नागरिक मतदान: ५० वटै राज्यका निर्वाचन अधिकारीलाई फौजदारी चेतावनी

जस्टिस डिपार्टमेन्टले देशका सबै ५० वटै राज्य र कोलम्बिया डिस्ट्रिक्टका निर्वाचन अधिकारीहरूलाई गैर-नागरिक मतदानको विषयमा फौजदारी अभियोग चलाउन सकिने चेतावनी दिँदै पत्र पठाएको छ। जस्टिस डिपार्टमेन्टका प्रवक्ताले मंगलबार यस कुराको पुष्टि गरेका हुन्। डिपार्टमेन्टको नागरिक अधिकार महाशाखा प्रमुख एवं सहायक महान्यायाधिवक्ता हरमीत ढिलोनद्वारा हस्ताक्षरित उक्त पत्रमा, संघीय मतदाता योग्यता सम्बन्धी कानूनको पालना कसरी भइरहेको छ […]