स्पेन सरकारले देशमा बिना अनुमति बसोबास गरिरहेका लाखौँ विदेशी नागरिकलाई कानुनी दायरामा ल्याउने महत्वाकांक्षी प्रक्रिया सोमबारदेखि औपचारिक रूपमा सुरु गरेको छ। गत जनवरीमा घोषणा गरिएको र यसै महिना अन्तिम रूप दिइएको ‘आममाफी’ कार्यक्रम अन्तर्गत करिब ५ लाखदेखि ८ लाखसम्म आप्रवासी लाभान्वित हुने अनुमान गरिएको छ। नयाँ व्यवस्थाअनुसार, स्पेनमा कम्तीमा पाँच महिनादेखि निरन्तर बसोबास गरिरहेका र […]