काठमाडौँ। चीन तथा अमेरिकाका राजदूतहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भेटमा दुवै राजदूतले चीन र अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने बताएका छन्। बिहीबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका चिनियाँ राजदूत छेन सोङले कार्कीलाई बधाई दिँदै सहयोगको प्रतिबद्धता जनाएका छन्। भेटपछि चिनियाँ दूतावासले ट्विट गर्दै दुवै देशबीचको मित्रता र सहकार्यलाई थप प्रवर्द्धन […]