कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान यसपटक ‘गुलजार’ देखिन्छ। ‘फ्लडलाइट’ को उज्यालोसँगै सोमबारदेखि सुरु भएको एनपीएल (नेपाल प्रिमियर लिग–२)ले अहिले सबैको ध्यान आफूतर्फ खिचिरहेको छ। पारापिटमा खचाखच दर्शक, ठूलो आवाजमा घन्किरहेको संगीत र रात्रिकालीन खेलप्रति दर्शकहरूको लगाव वर्णन गरिसाध्य छैन। तर, मैदानभित्र देखिएको त्यो उज्यालो, सबैतिर उस्तै प्रकारले चम्कन सकिरहेको छैन। यसले क्रिकेटप्रेमीलाई खिन्न बनाएको छ। […]