कच्चा दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ पुर्‍याउन किसानको माग

काठमाडौँ। दाना र चोकर महँगिएपछि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले किसानले पाउने कच्चा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर ७५ रुपैयाँ पुर्‍याउन माग गरेको छ । हाल किसानले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ (बोसोबाहेकका ठोस पदार्थ) भएको दूधको प्रतिलिटर ६५ रुपैयाँ पाउँदै आएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष किशोर […]