नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा बजाज पल्सर दुई पाङ्ग्रे सवारी साधनका रुपमा पावर पार्टनर बनेको छ। बिहीबार राजधानीस्थित बाइकर्स क्याफेमा आयोजित एक कार्यक्रममा एनपिएल र बजाज पल्सरबीच औपचारिक सम्झौता सम्पन्न गरिएको हो। कार्यक्रममा गोल्छा ग्रुपका म्यानेजिङ् डाइरेक्टर अभिमन्यु गोल्छाले स्पोन्सरशिपसँगै उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कार घोषणा गरे। उनका अनुसार, यस वर्षको हाइएस्ट रन स्कोरर, […]