अमेरिकी सरकारमा ‘सट डाउन’ संकट: सेनालाई तलब खुवाउन दाताले दिए १३० मिलियन डलर

अमेरिकी सैनिकलाई तलब खुवाउन एकजना दाताले १३० मिलियन डलर सहयोग गरेको अमेरिकी युद्ध मन्त्रालय (पेन्टागन) ले पुष्टि गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त दाताको परिचय गोप्य राख्दै “उनी मेरा ठूला समर्थक हुन्, अमेरिकी नागरिक हुन्, र अत्यन्तै देशभक्त व्यक्ति हुन्,” भन्दै प्रशंसा गरेका छन्। नाम नखुलाइएका ती दाताले आफ्नो नाम प्रचारमा ल्याउन नचाहेको बताउँदै ट्रम्पले […]