काठमाडौँ । दसैँ मनाउन गाउँघर गएका यात्रुहरू चाडपर्व सकिएसँगै काठमाडौँ उपत्यका फर्किन थालेका छन्। यात्रुको चाप बढेसँगै उपत्यका भित्रिने प्रमुख नाका तथा सडकखण्डमा सवारीसाधनको आवागमन बाक्लिएको छ। काठमाडौँको कलंकी क्षेत्रमा पनि सार्वजनिक सवारीसाधनमा यात्रुहरू फर्किने क्रम बढेको देखिन्छ। केही दिन सुनसान बनेको उपत्यकामा यात्रुको आगमनसँगै चहलपहल बढ्न थालेको छ।