जताततै जुवा र पटाका, प्रहरीलाई नियन्त्रण गर्न कठिन

२८ असोज २०८२ मा काठमाडौँ महानगरपालिका-१३ ताहाचलमा विस्फोटक पदार्थ (पटाका) राखिएको गोदाममा प्रहरीले छापा मार्‍यो। छापा मार्दा भारतीय नागरिक ४८ वर्षीय सुनिल कुमार पक्राउ परे। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गोदामबाट एक हजार २७१ प्याकेट (१० बोरा) पटाका तथा आतसबाजी बरामद भएको थियो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार भारतीय नागरिक जिल्ला प्रहरी […]