काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी भएको छ । मंगलबार हस्ताक्षर बुझाउन पार्टी कार्यालय सानेपामा जम्मा भएका नेता-कार्यकर्तालाई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा रोकेका थिए । उनीहरूले रोकेपछि बुधबार हस्ताक्षर बुझाउने तयारी भएको हो । नेता-कार्यकर्ताले मंगलबार नै हस्ताक्षर बुझाउन पाउनुपर्ने मागसहित नारबाजी गरे। […]