खुल्ला सिमानाका कारण अवैध आवतजावत, दोहोरो मतदाता बन्ने प्रयास तथा अन्य अवाञ्छित गतिविधिले निर्वाचन सुरक्षामा जोखिम बढाउने गरेको सुरक्षा निकायको निष्कर्ष छ । यही अवस्थालाई ध्यानमा राख्दै संवेदनशील र अतिसंवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था थप कडा बनाइएको हो ।