नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका हुन् । घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयरको परल मुल्यमा १ सय रुपैयाँमा प्रिमियम बापत ३ सय ३५ रुपैँया थप गरी प्रति कित्ता ४ सय ३५ रुपैयाँको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रुपैयाँको शेयरको प्रत्याभूति हुने छ ।