प्रदेशको बजेटप्रति सांसद असन्तुष्ट

लुम्बिनी प्रदेशका सभासद्हरूले लुम्बिनी प्रदेशको समृद्धिमा योगदान पुग्ने गरी बजेट कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । लुम्बिनी प्रदेश सभाको १०औँ अधिवेशनको १६औँ बैठकमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको छलफलमा सभासद्हरूले प्रदेश सरकारले ल्याएको बजेटले लुम्बिनी प्रदेशको समृद्धिमा जोड नदिएको तर्क गरेका छन् । बजेटमाथिको छलफलमा भाग लिँदै सांसद युवराज खनालले आफूहरूले माग गरेभन्दा फरक खालको बजेट आएको भन्दै यस प्रकारको बजेटले प्रदेशको समृद्धिमा योगदान पुग्न नसक्ने बताउनुभयो ।