मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भैसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ सरकार गठनका लागि आव्हानको तयारीमा लाग्नुभएको छ । मंसिर २९ गते बिहिबार निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उहाँ परामर्शमा हुनुहुन्छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भन्नुभयो, “निर्वाचन आयोगले राष्ट्रपतिज्यूसमक्ष बिहीबार …