हत्या आरोपमा एकजना पक्राउ

१६ चैत, काठमाडौं । सुनसरीको इटहरीबाट हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–२ का ५५ वर्षीय केशव कार्कीको हत्या गरेको आरोपमा सोही ठाउँका ५५ वर्षीय जीवन रेग्मीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रेग्मीले पुरानो रिसईबीका कारण कार्कीलाई फलामको खन्ती प्रहार गरेको प्रहरीको भनाइ छ । उनलाई इटहरी उपमहानगरपालिका–२ कृषि फार्मबाट […]

सम्बन्धित सामग्री

श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

२ मंसिर दाङ । दाङमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बबई गाउँपालिका–१ क्यूरेनी निवासी ४० वर्षीय लालबहादुर बोटे रहेका छन् । हथौडा प्रहार गरी ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या गरेकाे आरोपमा बाेटेलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मानबहादुर विष्टले जानकारी दिए । सामान्य झगडा पछि श्रीमती खुमीको […]

नेकपा नेता केसीको हत्या आरोपमा एकजना पक्राउ

सल्यान : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो। मृतक केसीका परिवारले दिएको किटानी जाहेरीका आधारमा खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।बागचौर नगरपालिका–१० मोख्लाको शिवगुफा सामुदायिक वननजिकै बिहीबार बिहान लोकमान मृत भेटिएका थिए। टोपबहादुरलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूच

पूजाको हत्या आरोपमा थप एकजना पक्राउ

२३ फागुन, जनकपुरधाम । काठमाडौंकी पूजा सिंह पोदारको हत्या आरोपमा प्रहरीले सिरहामा थप एक जनालाई पक्राउ गरेको छ । १७ फागुनमा सिरहाको कमला नदी किनारमा हत्या गरिएकी पूजाको हत्या आरोपमा श्रीमान् सिरहाको कर्जन्हा नगरपालिका-७ निवासी अमर राउत यसअघि नै पक्राउ परेका थिए । हत्यामा अमरलाई सघाएको आरोपमा प्रहरीले सिरहाकै कल्याणपुर नगरपालिका- ४ जमुवाका २६ वर्षका […]

आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा  मोरङकोे उर्लाबारीमा एक जना पक्राउ परेका छन् । उर्लाबारी  नगरपालिका–४ आइतबारेका ३५ वर्षीय गंगाप्रसाद भण्डारी आफ्नी आमा  ७० वर्षीया  चन्द्रमाया भण्डारीको हत्या आरोपमा पक्राउ परेका हुन ।  इलाका प्रहरी...

आफ्नै साथीको हत्या आरोपमा एक पक्राउ

सामान्य भनाभनमा आफुसँगै काम गर्ने साथीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।  ८माघ साँझसँगै मदिरा सेवन गरेपछि भएको सामान्य भनाभनमा आफ्नै  साथी झप्पु भन्ने कटहरी गाउँपालिका ३ का...

सोलुखुम्बुमा छिमेकीको हत्या आरोपमा एकजना पक्राउ

सोलुखुम्बुमा छिमेकीको हत्या आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको माप्य दुधकोशी गाउँपालिका–१ का दानु शेर्पाको हत्या आरोपमा सोही ठाउँका वर्ष ४५ का वाङदी शेर्पालाई पक्राउ गरिएको हो...

२० वर्षीय युवकको हत्या आरोपमा एकजना पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सोही वडाको गहतेरा बस्ने रेशम थापालाई पक्राउ गरिएको हो । घर नजिकैको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा सोमबार उनलाई पक्राउ गरिएको हो । घटनामा संलग्नको आरोप लागेका सोही ठाउँका विनोद राना र खीमबहादुर राना अझै फरार रहेको प्रहरीले बताएको छ । पीडितले उनीहरुको नाममा किटानी जाहेरीसमेत दिएका छन्

सेनामा कार्यरत गुरुङको हत्या आरोपमा एकजना पक्राउ

८ साउन, चितवन । नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको बिहीबार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा शव फेला परेको थियो । उनको टाउकोमा गोली लागेको थियो । घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको थियो । उक्त घटनाको […]

अनुसन्धान विभागका कर्मचारीको हत्या आरोपमा एकजना पक्राउ

काठमाडौँ / प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रवीण थापामगरको हत्यारा आरोपमा आज एकजनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले बाँकेको नेपालगञ्जमा कार्यरत २७ वर्षीय थापामगरको हत्यामा संलग्न भएको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका–६ का १८ वर्षीय विवेक परियारलाई आज पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले माघ २ गते... The post अनुसन्धान विभागका कर्मचारीको हत्या आरोपमा एकजना पक्राउ appeared first on Purbeli News.

भाइको हत्या आरोपमा एकजना पक्राउ

२८ पुस, काठमाडौं । बाँकेमा लाठी प्रहार गरी आफ्नै भाइको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-४ नरैनापुर बस्ने ३० वर्षीय इसाइल खाँ रहेका छन् । प्रहरीका अनुसार इसाइलले आफ्नै भाइ १७ वर्षीय रहिस खाँलाई टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । सोही ठाउँस्थित बारीसी बाबा सामुदायिक […]