सामाजिक सञ्जाल क्षमायाचना गरेपछि ५ महिना कैद सजाय मिनाहा !

अदालतको अवहेलना गरेको कसूरमा जिल्ला अदालत सुर्खेतले दाङका एक पत्रकारलाई दोषी ठहर गरेको छ । पत्रकार एग्गेबहादुर बुढामगरलाई अदालतको अवहेलनासम्बन्धी कसूरमा ५ महिना जेल सजाय तथा ५ हजार रुपैयाँ जरिवाना तोकेको हो ।  न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमवार पत्रकार बुढामगरलाई सजायको फैसला गरेको हो । अदालतले पीडितको पहिचान गोप्य राख्न सञ्चारमाध्यमलगायत सरोकारवाला निकायलाई जारी गरेको निर्देशनात्मक आदेशको उल्लंघन गरेको कसूरमा दाङबाट प्रकाशित राप्तीपश्चिम डटकमका प्रकाशक/सञ्चालक बुढामगरलाई जरिवानासहित...