चितवनमा घरजग्गाका कारोबारमा गिरावट

'किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन्। अर्कोतर्फ सबै पालिकामा कित्ताकाट नखुल्दा पनि व्यवसायी र सर्वसाधारण पीडामा परेका छन्।'...

सम्बन्धित सामग्री

चितवनमा सुनको कारोबारमा ७५ प्रतिशत गिरावट, १० प्रतिशत पसल बन्द

चितवनमा सुनचाँदीको कारोबारमा मन्दी आएको व्यवसायीले बताएका छन्। अन्य क्षेत्रमा जस्तै सुनको व्यापार पनि ठप्प भएको व्यवसायीले बताएका हुन्।...

चितवनमा घरजग्गाका कारोबारमा गिरावट

चितवनमा घर जग्गाको कारोबारमा गिरावट आएको छ । मालपोत कार्यालय भरतपुरका अनुसार पछिल्लो ६ महिनाको अन्तरालमा घरजग्गा कारोबार झन्डै आधाले घटेको हो ।  गत वैशाखदेखि असोजसम्मको तथ्याङ्कअनुसार चितवनमा घरजग्गा कारोबार आधाले घटेको पाइएको कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले बताए ।बैँकबाट कर्जा पाउन कठिन र ब्याजदरमा वृद्धि हुँदा घरजग्गा कारोबार सिथिल बनेको उनको भनाइ छ । उनका अनुसार यो महिना त झन् २० प्रतिशत मात्र घरजग्गाको कारोबार भएको छ ।  अहिले बैँक तथा वित्तीय संस्थाले लिलामीमा राखेका घरजग्गास

चितवनमा घरजग्गाका कारोबारमा गिरावट

चितवन । चितवनमा घर जग्गाको कारोबारमा गिरावट आएको छ । मालपोत कार्यालय भरतपुरका अनुसार पछिल्लो छ महिनाको अन्तरालमा घरजग्गा कारोबार झण्डै आधाले घटेको हो ।

निषेधाज्ञापछि देशभरमा माछाको कारोबारमा ८० % ले गिरावट

जेठ २२, चितवन । झण्डै डेढ महीनादेखिको निषेधाज्ञाले माछाको कारोबारमा गिरावट आएको छ । नेपाल मत्यस्य व्यवसायी महासंघका अनुसार चितवनमा मात्र नभई देशभरनै ८० प्रतिशतको हाराहारीमा कारोबारमा कमी आएको हो  । निषेधाज्ञा भएपछि  होटल, रेष्टुँरा , विवाह, पार्टीजस्ता गतिविधि ठप्प हुँदा यसको असर माछा व्यवसायमा पनि परेको हो । ‘निषेधाज्ञापछि झण्डै ८० प्रतिशत माछा विक्री हुन सकेको छैन’, महासंघका केन्द्रीय अध्यक्ष अम्बिका प्रसाद अधिकारीले भने, ‘सहजरुपमा विक्री गर्नका लागि पसल खोल्न नपाउँदा असर परेको हो ।’ स्थानीय प्रशासनले माछा खरीद बिक्री गर्ने समय छोटो समय लागू गरेको र बिहानको समयमा खुल्ला गरिएको कारण माग अनुसार बिक्री गर्न नसकिएको अधिकारीको भनाइ छ ।  उनका अनुसार दिउँसोको समयमा पोखरीबाट निकालेर बेलुका पसलमा विक्री गर्दा कारोबार प्रभावकारी र व्यवहारिक हुनेछ । नेपाल मत्स्य व्यवसायी संघ चितवनका उपाध्यक्ष लुलाराज तामाङ्ग निशेधाज्ञाको शुरुवाती समयमा अन्यौलको अवस्था रहेपनि पछिल्लो समय ढुवानी र माछाको दानाको लागि भने  सहज भएको बताउँछन् । ‘माछा उत्पादन पनि राम्रै छ, माग पनि छ तर उपभोक्ताको घर पुरयाउन सकिएको छैन’, तामाङ्गले भने पसलनै खुल्न नपाएपछि बिक्री कसरी हुन्छ र ?’ अक्सिजनको अभावले माछा मर्न थाले    उत्पादन बढ्दै गएपछि पोखरीमा अक्सिजनको अभाव हुँदा माछा मर्न थालेका छन् । तयार भएका माछा किसानले पोखरीबाट निकाल्न नपाउँदा अक्सिजनको अभाव भएको हो । रत्ननगर नगरपालिका वडा नम्बर ९ का किसान भरत महत्तो विक्रीका लागि तयारी माछा निकाल्न नपाउँदा र माछाको संख्या बढ्दै जाँदा अक्सिजन अभाव भएर माछा मर्न थालेको बताउँछन् ।  भरतपुर महानगरपालिका वडा नम्बर २६ का किसान खगेन्द्र सुबेदी निशेधाज्ञा अघिनै तयार भएका माछा हालसम्म पनि बिक्री नभएपछि अक्सिजनको अभाव भएको  बताउँछन् । ‘एउटै पोखरीमा ठूला र साना माछा खचाखच छन’, उनले भने, ‘जसलेगर्दा  पोखरीमा अक्सिजनको मात्रा पर्याप्त हुँदैन  । संघका अध्यक्षसमेत रहेका सुबेदीले पानीको तह बढ्दा माछा निकाल्न नसकिने र घट्दा अक्सिजनको अभाव हुँदा माछा मर्न थालेको बताए । उनले भने, ‘अहिले विक्रीभन्दा पनि माछा कसरी बचाउने भन्ने मुख्य चुनौति छ, उनले भने, निशेधाज्ञा खुकुलो भयो भने नोक्सान कम होला ।’  संघका अनुसार चितवनमा २ हजार ३सय ८६ ओटा पोखरी छन्, जहांँ ८५४ हेक्टरमा माछापालन हुदै आएको छ भने यहांँ १ हजार ३०० जना माछापालक किसान रहेका छन् ।  महासंघका अनुसार देशभर २० हजारभन्दा बढी माछापालक किसान रहेका छन् । वार्षिक १० अर्ब रुपैयाँको हाराहारीमा माछाको कारोबार हँुदै आएको छ भने देशको कुल मागको ८० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको छ । २० प्रतिशत माछा मात्रै भारतलगायत अन्य देशबाट आउने गरेको महासंघले बताएको छ ।