कालिकोटको रास्कोट नगरपालिकामा रहेको रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीलाई उपचार सहज होस् भनेर राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क मिनी अक्सिजन प्लान्ट जडान गरेको हो । विकट तथा हिमाली जिल्लाका नागरिकलाई कोभिड–१९ को महामारीबाट बचाउन आविष्कार केन्द्रले स्वास्थ्य सामग्री निर्माण गरी निःशुल्क वितरण गर्दै आएको सो केन्द्रका रितेश देवले बताए । “हामीले देशका विभिन्न भागमा स्वास्थ्य सामग्री वितरण गर्दै आएका छौँ” उनले भने, &l