काठमाडौं : विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोस एड्नोम गेब्रेयसस नेपाल आउने भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने भ्रमणमा नेपाल आउन लागेका हुन्। उनी ८ वैशाख (२१ अप्रिल) मा भारत हुँदै नेपाल आउन लागेका हुन्। डा टेड्रोस ९ गते साँझ फर्कने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।पोखरेलका अनुसार दुई दिन नेपालमा रहँदा उनले नेपालका उच्च अधिकारीसँग भेटघाट हुने बताइएको छ। महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संग