काठमाडौँ – बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ। प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को बुधबार बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका हुन्। प्रदेशभित्रका स्थायी बासिन्दाका लागि रगत, ब्लड […]