काठमाडौं : कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ५ वर्षभन्दा पुराना मुद्दाको चाङ सर्वोच्च अदालतमा रहेको त्यस्ता मुद्दा छिनोफानो गर्न छुट्टै इजलास गठन गर्ने बताएका छन्। नेपाल कानुन व्यवसायी परिषदले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले १३ वर्षदेखिका मुद्दाको चाङ न्यायालयमा रहेकाले ती मुद्दा सम्पादन गरेर पीडितलाई न्याय दिन यस्तो व्यवस्था गर्न लागिएको स्पष्ट पारे।उनले पुराना मुद्दाहरू सल्टाउन आफूले तिनलाई स्थगितको सूचीमा नपर्न