पोखरामा लागूऔषध चरेससहित दुई जना पक्राउ

पोखरामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पोखरा –३२ स्थित सातमुहानेमा अवैध लागूऔषध चरेसको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले १ किलो २३० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो ।लागूऔषध चरेसको कारोबारमा संलग्न रुकुम जिल्ला भूमे गाउँपालिका –२ घर भइ हाल पोखरा –३२ सातमुहाने बस्ने ५६ वर्षीया कुमारी बुढा र १९ वर्षीय विकास थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि लागूऔषध सम्बन्धी कसुर मुद्धा