सुरक्षा परिषद्मा ७४ वर्षपछि म्यानमार सम्बन्धी विशेष प्रस्तावः भारत, चीन र रुसले मतदानमा भाग लिएनन्

न्युयोर्क। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा बुधबार म्यान्मारमा जारी हिंसा तुरन्त बन्द गर्ने सम्बन्धमा एक विशेष प्रस्ताव लगिएको छ। ७४ वर्षपछि सुरक्षा परिषद्मा म्यान्मार सम्बन्धी विशेष प्रस्ताव लगिएको हो। प्रस्तावमा म्यानमारका सैनिक शासकलाई राजनीतिक बन्दी छोड्न आग्रह गरिएको छ। प्रस्तावमाथि मतदान हुँदा सुरक्षा परिषद्का १५ सदस्यमध्ये १२ ले पक्षमा मतदान गरेका थिए। चीन, भारत र रुस भने मतदानमा सहभागी भएनन्। (बीबीसी)