गृहयुद्धको संघारमा भारतको मणिपुर, पूर्व सेना भन्छन्–हालको अवस्था लिबिया र सिरियाको जस्तै  (भिडियाे)

एक महिनाभन्दा बढी समययता आन्दोलन र हिंसाका घटना सार्वजनिक भइरहँदा केही समयअघि मात्र आक्रोशित भिडले संघीय मन्त्रीकै घरमा आगो लगाइदिएका थिए । सयौँको भिडले केन्द्रीय विदेश मामिला र शिक्षा राज्यमन्त्री आरके रन्जन सिंहको घरमा आगो लगाइदिएपछि भारतका सेवानिवृत्त सैन्य लेफ्टिनेन्ट जनरल एल निसिकान्त सिंहले मणिपुरको अवस्था युद्धग्रस्त राष्ट्रहरुजस्तै भएको बताएका छन् ।