दशैं : थारु समुदायले आज कुखुरा पुजेर मनाए महानवमी

कञ्चनपुर : आज दशैंको महानवमी। कञ्चनपुरका थारु समुदायले कुखुरा पुजेर महानवमी मनाएका छन्। बिहानै नदी तलाउमा नुहाएर शुद्ध भै थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ति बालेर कुखुरा पुजेका छन्। कुखुरा पुज्नुअघि देउथानमा रहेका देवताहरुको अगाडि भात, तरकारी, घरैया रक्सी (घरमै बनेको मदिरा), पानी राखेर पूजा गरिएको मान बहादुर चौधरीले बताए।उनका अनुसार टपरीमाथि बह्रनी, जमरा, वेवरी आदि चढाउनु पर्छ। यसरी चढाईएका खाद्य पदार्थ पितृहरुले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा र