नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले जे भनेपनि मान्नै पर्छ भनेमा अदालतप्रतिको विश्वास र मर्यादा नबढ्ने दाबी गरेका छन् ।
अदालतको गरिमा बढोस् भन्ने आफ्नो इच्छा रहेको ओलीले बताए ।
पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रममा ओलीले न्याय नपाए सर्वोच्च अदालत जाने वातावरण बन्नुपर्ने बताएका हुन् ।
‘मेरो चिन्ता के भने सम्मानित सर्वोच्च अदालतको मर्यादा जनजनको मनमा बढोस्, जनजनको विश्वास अदालतमा होस्, तब लोकतन्त्र बलियो हुन्छ,’ ओलीले भने, ‘तर, विश्वास गर्नैपर्छ, जे भने...