सिंहदरबारका सरकारी सवारी चालकको दशैं: 'हाकिमसा'बहरूको जस्तो कहाँ हुन्छ, जसोतसो मनाउने हो'

मोहनकृष्ण नेपाल संघीय संसद् सचिवालयमा सवारी चालकको रूपमा कार्यरत छन्। उनले मासिक करीब २२ पारिश्रमिक पाउँछन् । सोही बराबर उनले दशैं भत्ता पनि पाएका छन्। तर ४४ / ४५ हजार रुपैयाँले उनको दशैं टर्ने अवस्था छैन । दशैं मान्नकै लागि साथीसँग सापटी लिनुपर्ने अवस्था रहेको उनले सुनाए । 'हाम्रो महंगी भत्ता पनि काटिएको छ, त्यस्तोमा कम रुपैयाँमा जसोतसो दशैं मनाउनुपरेको छ,' उनले लोकान्तरसँग भने, 'एउटा खसीको दाम नै २५ हजारसम्म पर्छ, महंगो भएपनि मासु खानै पर्‍यो ।' मासुका अलावा लत्ता कपडा, टीकाका लाग...