दोधारा चाँदनी झोलुङ्गे पुलमा लडेर एक वृद्धाको मृत्यु

कञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लास्थित दोधराचाँदनी झोलुङ्गे पुलमा लडेर एक वृद्धाको मृत्यु भएको हो । पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ की ७० वर्षीया अमृता मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो । महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुङ्गे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको प्रहरीले बताएको छ । पुल जीर्ण हुँदा वारपार तथा आवतजा

सम्बन्धित सामग्री

झोलुङ्गे पुलबाट लडेर वृद्धाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको महाकाली नदीको झोलुङ्गे पुलबाट लडेर ७० वर्षीया वृद्धाको आज मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पुलको पट्टा(डेग)मा खुट्टा अल्झेर लड्दा दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजकी ७० वर्षीय अमृता मगरको मृत्यु भएको हो। मगरको घटनास्थलमै मृत्यु भएको उनले बताए। ‘पुलमा हिँड्ने क्रममा पट्टा खुस्किएको ठाउँमा खुट्टा बल्झियो’, उनले भने, ‘त्यसपछि पुलबाट लडिन्।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले