बागमती प्रदेशका काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएपछि विवादमा तानिए । शुक्रबार बागमती प्रदेशसभाको बैठकमा उनले सो अभिव्यक्ति दिएपछि सत्तापक्ष मात्र नभई उनकै दलले कांग्रेसले समेत आपत्ति जनाउँदै आत्मालोचना गर्न निर्देशन दियो । बैद्यले प्रदेशसभाको बैठकमा माफी मागिसकेका छन् ।गम्भीर प्रकारको आपत्तिजनक अभिव्यक्ति दिएका वैद्यले शनिबारको प्रदेश सभाको बैठकमा आफूले भावावेगमा आएर सो अभिव्यक्ति दिएको भन्दै पार्टीको निर्देशनअनुसार