ओखलढुंगाका वाम्बुले राई समुदायले मनाए ढवाङकुम

ओखलढुंगा । ओखलढुंगाका प्रकृतिपूजक वाम्बुले राई समुदायले ढवाङकुम चाड मनाएका छन् । जनैपूर्णिमाको अघिल्लो दिनदेखि २ दिनसम्म वाम्बुले राई समुदायले ढवाङकुम चाड मनाउने गर्छन् । वाम्बुले राई समुदायको बाहुल्यता रहेको जिल्लाको उँबू, मोली, वाक्सा लगायतका ठाउँमा प्रकृति र पितृको पूजा गर्दै यो चाड धुमधामका साथ मनाएका हुन् । ढ्वाङकुमटारमा जम्मा भएर मनाइने यो चाँडमा वाम्बुले […]